arrow

बयालीस लाखको च्याङ्ग्रा किनेर पैसा नतिरी भागेका फकिर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
mahamad-fakir.jpg

पोखरा । खरिद गर्ने बाहनामा मुस्ताङबाट एक सय तीन वटा च्याङ्ग्रा पोखरा ल्याएर फरार भएका व्यक्तिलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ मासबार बस्ने ५० वर्षीय मोहम्मद फकिर छन् ।

प्रहरीका अनुसार असोज १ गते मुस्ताङको बारागुङ मुक्तिक्षेत्र वडा नं. ३ का ताक्ला गुरुङको गोठबाट फकिरसमेतले एक सय ३ वटा च्यांग्रा ४२ लाख रुपैयाँ तिर्नेगरी खरिद गरेका थिए ।

रकम पोखरामा दिने भनि त्यहाँबाट च्याङ्ग्रा लिएर फकिर र धनी ताक्ला गुरुङ पनि पोखरा आए । त्यसपछि दुवै जना पोखराको ड्यामसाइडस्थित एक होटलमा आएर बसे । ताक्ला होटलमै सुतेको अवस्थामा फकिरले च्याङ्ग्रासहितको गाडी लिई सम्पर्कविहीन भए ।

ताक्लाको उजुरीका आधारमा प्रहरीले फकिरको खोजी गर्न थाल्यो । खोजतलास गर्नेक्रममा फकिरलाई सोमबार पोखरा ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका फकिरबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा छ दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ