arrow

रियाल मड्रिड बार्सिलोनासँग अन्तर कम गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
real-madrid-24-9-24.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । स्पेनिश ला लिगा फुटबल अन्तर्गत रियाल मड्रिडले डिपोर्टिभो अलाभेजलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा रियाल मड्रिडले अलाभेजलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

रियाल मड्रिडको जितमा लुकास भाज्क्वेज, केलियन एम्बाप्पे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि कार्लोस बेनाभिडेज र किके गार्सियाले एक एक गोल गरेका थिए ।

यो जितपछि रियाल मड्रिडको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आल्भेजको ७ खेलमा १० अंक रहेको छ र लिगमा ८औँ स्थानमा रहेको छ ।

लिगमा ६ खेलबाट १८ अंकसहित बार्सिलोना शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ