arrow

म्यानमारको नयाँ सरकारले केही मन्त्रालय गाभ्छ : नेत्री सुची

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
aung-san-suu-kyi.jpg.jpeg
याङ्गोन। म्यानमारको नयाँ सरकारले हाल त्यहाँ रहेका मन्त्रालयहरुमध्ये केही गाभ्ने जनाइएको छ । सो कुराको जानकारी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीले दिनुभएको हो । उहाँले कार्य चुस्तता एवम् अन्य प्रशासनिक चुस्तताका कारण केही मन्त्रालयहरु गाभ्ने तर तिनमा रहेका कर्मचारीहरुलाई भने त्यसै नहटाइने पनि जानकारी दिनुभयो । उहाँले शुक्रबार त्यहाँका सरकारी कर्मचारीहरुसँग दिनुभएको अभिव्यक्तिमा सो जानकारी गराउनुभएको प्राप्त समाचारमा जनाइएको छ । 
 
संसद सचिवालयका कर्मचारीहरुसँग शुक्रबार गर्नुभएको एक अन्तक्र्रियामा नेत्री सुचीले सो जानकारी गराउनुभएको समाचारमा उल्लेख गरिएको छ । साथै उहाँले सचिवालयका कर्मचारीहरुलाई आफ्नो योग्यता बढाउन र समय समयमा त्यसलाई अद्यावधिक गर्न समेत पनि आग्रह गर्नुभएको थियो । हाल म्यानमारमा ३९ वटा मन्त्रालय रहेका छन् । ती मन्त्रालयमा मन्त्री र उपमन्त्रीगरी ९० जना रहेका छन् । शुक्रबार नेत्री सुची र म्यानमारको संसदका सभामुखले संयुक्त रुपमा अब आउने संसद बैठकका लागि तयार गरिएको संसद बैठक भवनको बैठक स्थलको जानकारी लिनुभएको थियो । 
 
म्यानमारमा हालै सम्पन्न निर्वाचनबाट नयाँ संसद निर्माण भएको छ । नेत्री सुचीको दल नेशनल लिग फर डेमोक्र्यासीले प्रचण्ड बहुमत हासिल गरेको छ । अबको सरकार सोही दलले निर्माण गर्नेछ । त्यसका लागि आवश्यक तयारी र परामर्श सो दलले गरिरहेको छ । सुची सो दलको अध्यक्ष हुनुहुन्छ । म्यानमारको नयाँ संसदको बैठक आगामी फेब्रुअरीमा बस्ने छ । नयाँ सरकारको निर्माण आगामी मार्च महिनामा हुने अधिकारीहरुले जनाएका छन् । गत नोभेम्बर ८ मा म्यानमारमा आमनिर्वाचन सम्पन्न भएको थियो । सो निर्वाचनमा सुकीको दलले प्रचण्ड बहुमत हासिल गरेको छ । सो निर्वाचनपछि पनि म्यानमारको सरकार निर्माणमा ढिलाई भएकोप्रति त्यहाँका नागरिक चिन्तित भएका थिए । 
 
यस अघि पनि सन् १९९० मा सुकीको दलले नै दुई तिहाई बहुमत हासिल गर्दा सैनिक कू गरी उहाँलाई सरकार निर्माण गर्न दिइएको थिएन । यस पटक पनि त्यस्तै आशङ्कामा उनीहरु निराश रहेकोमा गतहप्तामात्र म्यानमारका राष्ट्रपतिले त्यहाँ सहजै शक्ति हस्तान्तरण हुने आश्वासन दिनुभएको थियो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ