arrow

संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा : नेता सिंह

logo
प्रकाशित २०७३ पुष २ शनिबार
ganeshman-program.jpeg
ललितपुर। नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापित गराउन उल्लेखनीय योगदान पुर्‍याएका चार प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको छ । गणेशमान सिंह केन्द्रद्वारा शनिबार  स्व नेता गणेशमान सिंहको १०१ औँ जन्मदिवसको अवसरमा आयोजित “लोकतन्त्रको संस्थागत विकास र गणेशमान सिंह” विचार गोष्ठी कार्यक्रममा सम्मानित हुनेमा मार्सलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन‍् ।
 
ती पुराना राजनीतिकर्मीलाई सम्मान गर्दै नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले दोस्रो संविधानसभाबाट प्राप्त भएको संविधानलाई रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए ।काँग्रेसकै नेतृत्वमा जारी भएको संविधानको रक्षार्थ जस्तोसुकै निर्णय लिन पार्टी तयार हुनुपर्नेमा उनको जोड रहेको थियो ।
 
विसं २०७४ माघभित्र विभिन्न तीन चरणको निर्वाचन सम्पन्न गराउन पनि संविधानको कार्यान्वयन अपरिहार्य भएको उनको भनाई थियो । उनले लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तमा रहेर चलेको पार्टी भएकै कारण जनताले विश्वास गरेको बताए ।
 
सम्मानित व्यक्ति मार्सलजुलुम,ओमकार श्रेष्ठ र श्यामलाल श्रेष्ठले प्रजातन्त्र स्थापनाका लागि धेरै दुःख कष्ट भोगेका स्व गणेशमान सिंहको त्याग र सङ्घर्ष सबैका लागि प्रेरणाको विषय भएको धारणा राखे ।
 
केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले नेपालमा प्रजातन्त्र स्थापनामा योगदान पुर्‍याएका स्व गणेशमान सिंहको उच्च कदर गर्दै त्यसमा साथ दिनुहुने प्रजातान्त्रिक योद्धालाई सम्मान गर्न पाउँदा आफूलाई गर्व लागेको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ