arrow

'प्रतिभावान् चरा' भयाे २०१६काे उत्कृष्ट पुस्तक, यस्ता छन् अन्य

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ पुष २ शनिबार
BN-RB960_genius_GS_20161205165607.jpeg
काठमाडौं । २०१६ का उत्कृष्ट २० पुस्तक सार्वजनिक भएको छ । अमेरिकाको वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विभिन्न विषयमा लेखिएका २० पुस्तक २०१६को उत्कष्ट रुपमा छानिएको हो । तर हामीले यहाँ उत्कृष्ट ५ लार्इ मात्रै यहाँ उल्लेख गरिएकाे छ । 
 
१. द जेन्यूअस अफ बर्ड
No automatic alt text available.
उक्त प्रतिवेदनका अनुसार २०१६को उत्कृष्ट पुस्तकको रुपमा द जेन्यूअस अफ बर्ड पुस्तक परेको छ । नेपालीमा यसलार्इ विश्वकाे प्रतिभावान् चरा हुन्छ । जुन पेन्गुईन प्रेसले सार्वजनिक गरेको हो । जसका लेखक जनिफर अकरम्यन रहेका छन् । पंक्षीको बारेमा लेखिएको उक्त पुस्तक विश्वको उत्कृष्ट रहेको जर्नलले जनाएको छ । 
 
२. द सेकेण्डहेण्ड टाईम
दोस्रोमा द सेकेण्डहेण्ड टाईम परेको छ । स्भेट्लेना अलेक्छिभिनको लेन तथा र्याण्डम हाउसद्वारा प्रकाशित उक्त पुस्तक प्रसिद्ध पुस्तक वार एण्ड पिससँग तुलना गरेर सोभियत संघका इक्तिहरुको विषयलाई उठाईएको छ । यो उपन्यास हो । 
 
३. इसेन्ट्रिक अर्विट्ट ः द इरिडियसम स्टोरी 
तेस्रो उत्कृष्ट पुस्तकको रुपमा इसेन्ट्रिक अर्विट्ट ः द इरिडियसम स्टोरी परेको छ । जोन ब्लूमद्वारा लिखित तथा एट्लान्टिक मन्थ्लीद्वारा प्रकाशित उक्त पुस्तक विशेषगरी प्राविधिक इतिहासको विषय समेटेर लेखिएको छ । 
 
४. कोड वारियर्स 
चौथो स्थानमा कोड वारियर्स नामक किताव परेको छ । जसको लेखक स्टेफेन बुडियन्स्की रहेका छन् भन् नोफ नामक संस्थाले यसको प्रकाशन गरेको छ । सोभियत संघको उत्पत्ति र यसको गोपनीयताको विषयमा उल्लेखित छन् । 
 
५. द भेनिसिङ भ्यालेजक्वीज
 
२०१६ को ५ औं उत्कृष्ट पुस्तकको रुपमा  द भेनिसिङ भ्यालेजक्वीज नामक पुस्तक परेको छ । लाउरा क्यूमिङद्वारा लिखित उक्त पुस्तक स्क्राईब्नर नामक संस्थाद्वारा प्रकाशित भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ