arrow

ला लिगामा एथ्लेटिको मड्रिड विजयी, अल्भारेजको निर्णायक गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
athletico-madrid-24-9-26.jpg

काठमाडौँ । एथ्लेटिको मड्रिडले स्पेनिश ला लिगा फुटबलमा सेल्टा भिगोलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

मड्रिडको जितमा खेलको ९०औँ मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि एथ्लेटिको मड्रिड को ७ खेलमा १५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको ७ खेलमा ९ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ