arrow

भारतको आर्थिक वृद्धि सात प्रतिशत रहने एडीबीको प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
ADB1.jpg

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षको भारतको वृद्धि प्रक्षेपण ७ प्रतिशतमा कायम राखेको छ । सुधारिएको कृषि उत्पादनमा आगामी त्रैमासिकमा अर्थतन्त्रले गति लिने अपेक्षा गरेको छ 

। एसियाली विकास बैङ्कले भारतको आर्थिक वृद्धि बलियो रहने प्रक्षेपण गरेको छ । एडीबीका अनुसार यी प्रक्षेपणहरू बैङ्कको एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) सेप्टेम्बर २०२४ को हिस्सा हुन् । 

प्रतिवेदनले देशका अधिकांश भागमा औसतभन्दा माथिको मनसुनले आर्थिक वर्ष २०२४ मा ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै कृषिको वृद्धितर्फ लैजाने देखाएको छ । बहुपक्षीय संस्थाले अप्रिलको प्रतिवेदनमा ४.६ प्रतिशतको तुलनामा मुद्रास्फीति ४.७ प्रतिशतले छिटो बढ्ने प्रक्षेपण गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ