arrow

नेपाल एएफसी यू–२० एसिया कप छनोटमा बहराइनसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
u20-football-nepal.jpg

काठमाडौँ । एएफसी यू–२० एसिया कप छनोट फुटबलमा नेपाल बहराइनसँग पराजित भएको छ । 

न्यू ताइपेई सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा सम्पन्न खेलमा नेपाल बहराइनसँग ४–० ले पराजित भएको हो । 

यो हारपछि नेपालको एसिया कपमा छनोटको सम्भावना सकिएको छ ।

नेपालले यसअघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३–१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६–० ले पराजित भएको थियो ।

त्यस्तै बहराइनको यो जितपछि ३ खेलमा ६ अंक भएको छ र समूह बी मा तेस्रो स्थानमा रहेको छ ।
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ