arrow

वर्षाले बेलबारी गोल्डकप स्थगित 

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ असोज ११ शुक्रबार
birat-goldcup-2081t.jpg

मोरङ । असोज ११ गतेदेखि हुने भनिएको सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल निरन्तरको वर्षाका कारण स्थगित गरिएको छ ।

शुक्रबार बसेको आयोजक एलएक्स सिटी फुटबल क्लबका पदाधिकारी र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिबीचको बैठकले तत्कालका लागि गोल्डकप स्थगि गर्ने निष्कर्ष निकालेको हो ।

आयोजक समिति तथा एन्फासँग छलफल गरी छिट्टै नै नयाँ खेल तालिका सार्वजनिक गर्ने एलएक्स सिटी फुटबल क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिए । 

नजिकिँदै गरेको चाडलाई पनि मध्यनजर गरी सकभर सबैको अनुकुल समय मिलाएर निर्णय गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ