arrow

‘बिहानीपखकाे अन्नपूर्ण आधार शिविर’ काे तस्बिर सर्वोत्कृष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
annapurna-base-camp.jpg
तस्बिर : रासस

पोखरा । सिराहाका सुशीलकुमार श्रेष्ठले खिचेका बिहानीपखकाे अन्नपूर्ण आधार शिविरको तस्बिरले प्रथम पुरस्कार पाउन सफल भएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको अनलाइन तस्बिर प्रतियोगितामा श्रेष्ठकाे तस्बिरले प्रथम स्थान हासिल गर्न सफल भएकाे हाे ।

एक्याप प्रमुख डा. रविन कडरियाका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ का भगवान पौडेलले खिचेका मर्दी हिमाल क्षेत्रमा देखिएकाे डाँफेको तस्बिरले दोस्रो स्थान प्राप्त गरेको छ ।

यस्तै काठमाडौँ महानगरपालिका वडा नं २७ का सूर्य थपलियाले खिचेका नीलगिरि हिमालको काँखमा क्रिकेट खेलिरहेका बौद्धमार्गीको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा खिचिएका तस्बिरलाई प्रतियोगितामा समावेश गराइएको थियो ।

अनलाइनमार्फत प्राप्त भएका दुई सय सात तस्बिरमध्ये श्रेष्ठ, पौडेल र थपलियाको तस्बिर उत्कृष्ट हुन सफल भएको डा. कडरियाले बताए ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

विश्व पर्यटन दिवसका अवसर पारेर अन्नपूर्ण क्षेत्रका पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तस्बिर प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ