arrow

राप्रपा प्रमुख सचेतक गिरी अस्वस्थ

नर्भिकले भन्यो–अवस्था सामान्य

logo
प्रकाशित २०७३ पुष २ शनिबार
dilnath-new-aakk.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरी अस्वस्थ भएका छन् । गिरी पेट र रक्तचापको समस्याले अस्वस्थ भएका हुन् । उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएकामा चिकित्सकहरुले अवस्था सामान्य हुँदै गएको बताएका छन् ।

उहाँकी धर्मपत्नीले हाम्राकुरासँग टेलिफोनमा भनिन्, ‘डाक्टरहरुले अवस्था ठिक छ भनेका छन् । शनिबार विहानै अस्पताल ल्याएका थियौं । अब घर पठाउने कुरा छ । आइतबार फेरि आउनु भन्नु भएको छ ।’ म पनि अस्पतालमै छु । डिस्चार्जको प्रबन्ध भइरहेको छ ।

राप्रपा र राप्रपा नेपाल एकिकृत भएपछि केही दिन अघि मात्रै गिरी निर्विरोध प्रमुख सचेतक चुनिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ