arrow

वर्षाबीच पथरी गोल्डकपको फाइनल हुँदै , संकटा र ब्रिगेड भिड्दै

logo
रामकुमार परियार,
प्रकाशित २०८१ असोज १२ शनिबार
pathari-goldcup-81-6-10.jpg

मोरङ । मोरङको पथरीमा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको उपाधिका लागि आज संकटा क्लब काठमाडौँ र ब्रिगेड ब्वाइज ललितपुर भिड्दैछन् ।

टाईब्रेकरमा आयोजक पथरी ११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको संकटा र ब्रिगेड ब्वाइजबीचको फाइनल खेल आज दिउँसो २ बजे पथरी रंगशालामा सञ्चालन हुने छ ।

बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा झापा ११ लाई ब्रिगेड ब्वाइजले टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 

इन्ट्रा फाउन्डेसनको मुख्य प्रायोजन रहेको गोल्डकपको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले दुई लाखमा चित्त बुझाउने छ ।

देशैभर वर्षा भए पनि पानी पर्न कम भएपछि फाइनल खेलाउन लागिएको हो । 

आज बिहानैदेखि मौसम सफा रहेकाले पूर्वनिर्धारित समयमै फाइनल खेल सञ्चालन हुने आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ