arrow

संविधानको कमजोरी प्रमाणित गर : भट्टराई

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ पुष २ शनिबार
yogeshat-waling.jpeg
स्याङ्जा। नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले नेपाली जनताले बनाएको संविधानमा कुनै कमजोरी छ भने प्रमाणित गरेर देखाउन चेतावनी दिएका छन् ।
 
 नेकपा एमाले स्याङ्जा क्षेत्र नं. २ ले आयोजना गरेको राष्ट्रिय स्वाधिनता एंव संविधान कार्यन्वयनका लागि जनपरिचान अभियान २०७३ को क्षेत्रिय स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलाको उदघाटन गर्दै सचिव भट्टराईले संयुक्तराष्ट्र संघमा आवद्ध भएका मुलुकले बनाएको संविधान भन्दा कमजोर रहेको छ भने प्रमाणित गरेर देखाउन चोतावनी दिएका हुन् ।
 
 संयुक्त राष्ट्र संघमा २ सय ६ राष्ट्र छन् नेकपा एमालेका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले भने,“अमेरीका, भारत लगायतका मुलुकको भन्दा नेपालको संविधान कमजोर भएको प्रमाणि गरेमा एमालेले नै संविधान बहिष्कार गर्ने छ ।” नेपाली जनताले आफै बनाएको संविधान सर्वोकृष्ट रहेको पनि दावी गरे । 
 
काँग्रेस र मधेशवादीले संविधान च्यात्नु वा बहिष्कार गर्नु पर्दैन एमालेका सचिव भट्टराईले भने,“संविधानमा कुन विषय कमजोर छ एमाले बहस गर्न तयार छ ।” सबै जातजातीको अधिकार समेटर निमार्ण गरिएको संविधानलाई कमजोर र कार्यन्वयन गर्न नदिने विदेशी शक्तिको आडमा सरकारको सत्ताधारी दलहरु लागेको आरोप लगाए । 
 
छिमेकी मुलुक भारत र अमेरीका प्रति बढी आक्रोशित देखिएका सचिव भट्टराई नेपालको सबै भन्दा पुरानो दल भनेर दावी गर्ने काँग्रेस पार्टी प्रति पनि आक्रोशित भए । विपि कोइरालाले स्थापना गरेको पाटी नेपाली काँग्रेस त्यागी नेता गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराई जस्ता नेता रहेको नेपाली काँग्रेसले यो संविधान कमजोर बनाउने खेलमा लाग्यो भने काँग्रेसको इतिहास समाप्त हुने चेतावनी पनि भट्टराईले दिए । 
 
संविधान लेखन प्रक्रिया देखि जारी हुने समय सम्म सगै रहेको नेपाली काँग्रेसले संविधान कार्यन्वयनमा जोड दिन काँग्रेस नेतृत्व किन बोल्दैन प्रति प्रश्न गर्दै एमालेका युवा नेता समेत रहेका भट्टराईले भने,“अव इतिहासमा काँग्रेस रहने कि नरहने भन्ने प्रश्न उठेको छ र काँग्रेस प्रजापरिषद पार्टी जस्तै हराएर जानेछ ।” नेपाललाई कमजोर बनाउन एमालेलाई कमजोर बनाउनु पर्छ भनेर भित्र र बाहिरका शक्ति लाग्न थालेका छन् भन्दै अगुवा कार्यक्रताहरुलाई सचेत रहन समेत आग्रह गरे । मुलुकलाई टुक्रा टुक्रा पारेर देशलाई विखण्डनको बाटोमा लैजान खोजीएको बताउदै भट्टराईले सबै जातजाती मिलेर बसेको मुलुकलाई कुनै पनि हालतमा संघियताको नाममा टुक्रन एमालेले दिने छैन । 
 
प्रदेश नं. ४ का सह—संयोजक गणेश तिमिल्सिनाले सत्ताधारी दलहरु संविधान कार्यन्वयनमा नलागेकाले देशभर जनपरिचालन अभियान थालनी गरिएको बताए । स्थानीय देखि प्रदेश र केन्द्रको निर्वाचनमा सरकार गम्भिर नभएर संविधान संशोधनमा मात्रै लागेकाले एमालेले केन्द्रदेखि गाँउ सम्म जनअभियान मार्फत संविधान कार्यन्वयनमा जोड दिन ध्यानाकर्षण सहित यो कार्यक्रम अगाडी सारेको तिमिल्सिनाको भनाई थियो । 
 
उक्त प्रशिक्ष्ण कार्यक्रममा नेकपा एकालेका केन्द्रिय सदस्य पदमा अर्याल, वैकल्पीक केन्द्रिय सदस्य सीता सुन्दास, अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुली, संसदद्धय मुक्ति पाठक, टेकु नेपाली लगायतका बक्ताहरुले मुलुक अत्यन्तै संकटमा परेका बेला नेकपा एमालेमा एकताको खाचो रहेको औल्याएका थिए । 
 
कार्यक्रममा स्याङ्जा क्षेत्र नं. २ क्षेत्रिय अध्यक्ष कृष्ण खाँणको सभापतित्वमा सम्पन्न भएको अगुवा प्रशिक्षण कार्यक्रममा करिव ५ सय अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ