arrow

पथरीशनिश्चरे गोल्डकपको उपाधि ब्रिगेड ब्वाइजलाई, फाइनलमा संकटा पराजित

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ असोज १२ शनिबार
pathari-sanishware-goldcup.jpg

मोरङ । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप-२०८१ फुटबलको उपाधि ब्रिगेड ब्वाइज ललितपुरले जितेको छ । वर्षाको बाबजुद पथरी रंगशालामा शनिबार भएको फाइनल खेलमा संकटा क्लब काठमाडौँलाई पराजित गर्दै ब्रिगेड ब्वाइजले उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ब्रिगेड ब्वाइजले ५-३ ले खेल आफ्नो पक्षमा पारेको हो । टाइब्रेकरमा ब्रिगेड ब्वाईजका तर्फबाट कप्तान एन्जल महर्जन , असिम गुरुङ , दिवाकर चौधरी , एक्सम लिम्बू  र पदम भट्टराईले गोल गरे भने संकटाका तर्फबाट पुष्कर खड्का , युवराज ढकाल , एकिन्स बफरले गोल गर्दा अनिस परियारको प्रहार विफल भएको थियो ।

गोल्ड कपको विजेता ब्रिगेडले तीन लाख र उपविजेता संकटाले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

बुधवार भएको खेलमा संकटाले टाईब्रेकरमा आयोजक पथरी ११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । बिहीबारको दोस्रो सेमिफाइनलमा झापा ११ लाई ब्रिगेड ब्वाइजले टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

८ टिम सहभागी भएको पथरी शनिश्चरे गोल्ड कप २०८१ असोज ५ गते शनिबारदेखि भएको थियो । असोज ५ गते आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङ र पाँचथर क्लब , ६ गते झापा फुटबल क्लव झापा र धरान सिटि फुटबल क्लब , ७ गते यूकेएफसी भारत र संकटा क्लब , ८ गते ब्रिगेड ब्वाईज र सहलेश युवा क्लब सिराहाबीच खेल भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ