arrow

खोलाले बगाउँदा १६ वर्षीया हिसिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
udayapur.png

उदयपुर । उदयपुरमा खोलामा आएको बाढीले बगाउँदा शनिबार एक युवतीको ज्यान गएको छ ।

जिल्लाको रौतामाई गाउँपालिका वडा नं १ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ ।

खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शनिबार साँझ अबेरसम्म हिसिला खेतबाट घर नफर्किएपछि परिवार र आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ