arrow

म्यानसिटी बराबरीमै रोकिएपछि लिभरपुल शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
liverpool-24-9-28.jpg

काठमाडौँ । लिभरपुल इङ्गलिश प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले वोल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

लिगको अपराजित टिम म्यानचेस्टर सिटीले बराबरीमा चित्त बुझाएपछि छैटौँ चरणको खेलसम्म लिभरपुलले अग्रता लिन सफल भएको हो । लिभरपुलको जितमा इब्राहिमा कोन्टे र मोहमद सलाहले एक एक गोल गरेका थिए । त्यसैगरी वोल्भ्सका लागि रयान एट नोउरीले एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुल ६ खेलमा १५ अंक हासिल गर्दै लिगको बीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै वोल्भ्सको भने यस सिजनमा यो पाँचौ हार हो । यो हारपछि वोल्भ्सको ६ खेलमा एक अंकसहित पुछारमा रहेको छ ।

गएरातिका अन्य खेलमा म्यानचेस्टर सिटीले न्यूकासल युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ भने आर्सनलले लेस्टर सिटीलाई ४–२ ले हराएको छ । 

ब्रेन्टफोर्ड र वेष्ट ह्याम युनाइटेडले १–१ को बराबरी खेल्दा चेल्सीले ब्राइटनलाई ४–२ ले हरायो । एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ ले, फुल्हमले नटिंघम फरेस्टलाई १–० ले पराजित गर्यो । 

आज म्यानचेस्टर युनाइटेडले टोटनह्याम हट्सपरसँग घरेलु मैदानमा खेल्नेछ भने इप्सविच टाउनले घरेलु मैदानमै एस्टन भिल्लासँग खेल्नेछ । 

६ खेलबाट दोस्रो स्थानको म्यानचेस्टर सिटीको १४ अंक छ । त्यस्तै अपराजित आर्सनलको पनि १४ अंक नै छ । चौथो स्थानको चेल्सीको १३ तथा पाँचौँ स्थानको एस्टन भिल्लाको १२ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ