arrow

श्रमजीवि पत्रकारको व्यवसायिकताबारे चिन्ता

logo
सुरेश श्रेष्ठ,
प्रकाशित २०७३ पुष २ शनिबार
news-press-aa.jpeg

दाङ । दाङका सरोकारवालाले पत्रकारहरुको क्षमताकै आधारमा उनीहरु आवद्ध संचार संस्थाको संस्थागत विकास हुने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस र  नेपाल प्रेस युनियन दाङले गरेको संचार संस्थामा आवद्ध श्रमिकका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताले संचार संस्था पनि संस्थागत हुने र श्रमजीविहरुले पनि राम्रो पारिश्रमिक पाउने वातावरण बन्नु पर्ने सुझाब दिएका छन् ।
श्रमजीविले आफ्नो व्यक्तिगत क्षमताको विकास गर्न नसक्दा विस्थापन हुने र त्यसको मार संञ्चार संस्थामा पर्ने उनीहरुको भनाई छ ।

नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले मिसन पत्रकारिताबाट अब विकास पत्रकारिता तर्फ लाग्नु पर्ने बताए । समाचार अनुसारको पारिश्रमीक पाउने पद्धतिको विकास गर्न सके पत्रकारिताको गरीमा पनि बढ्ने र पत्रकारको समेत क्षमता अभिवृद्धी हुने सुझाव दिए ।

कार्यक्रममा कानुन व्यवसायी मोहन धितालले दक्ष जनशक्तिको रुपमा विकास गर्न संञ्चारसंस्थाले समेत लगानी गर्नुपर्ने बताए । अध्ययन, तालीम र अनुभवविना पत्रकारिताले श्रोता, पाठक र दर्शको चााहना पुरा गर्नै नसक्ने बताए ।

उनले भाषिक सुद्धता महत्वपूर्ण पक्ष भएकाले त्यसमा पनि ख्याल राख्नु पर्ने धारणा राखे । प्रेस चौतारी नेपाल दाङका अध्यक्ष टीका बस्नेतले सम्पादकीय नीति विनका संञ्चार संस्थाले अहिलेको प्रतिस्पर्धाको युगमा आफुलाई स्थापित गर्न नसक्ने बताए ।

राप्ती समाचार दैनिकका प्रकासक तेजबहादुर कार्की, सञ्जीवनी एफएमका सञ्चालक समितिका कुशल तर्ताल, रेडियो हाम्रो पहुँचका अध्यक्ष शुक्र भण्डारी, एसटीएन रेडियो तथा टिभीका सञ्चालक दुर्गा गिरी, रेडियो पाठशालाका भगवत भट्टराई, सूचना पत्र साप्ताहीकका बंशीकुमार शर्मा, थर्कोट साप्ताहीकका द्रोण केसी, लगायतले सञ्चार संस्थाको पनि संस्थागत र सुद्धढ हुने र सञ्चारकर्मीहरुले पनि समयानुकुल पारिश्रमक पाउने अवस्थाको सृजना गराउने विकल्पहरु र त्यसको खोजीका लागि प्रतिवद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ