arrow

संशोधन प्रस्ताव संसद्‍बाटै अस्वीकृत हुने : नेता खनाल

logo
प्रकाशित २०७३ पुष २ शनिबार
jhala-nath-khanal.jpg.jpeg
इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनको प्रस्ताव संसद्बाटै अस्वीकृत हुने बताएका छन् । 
 
संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)ले सञ्चालन गरेको जनपरिचालन अभियानअन्तर्गत जिल्लाको दानाबारीमा शनिबार आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा नेता खनालले सरकारले परम्परादेखि बसेको हिमाली, पहाडी र तराईका जनताबीच भिडन्त गराएर देशमा अस्थिरता, अशान्ति र द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाए । 
 
संविधान कार्यान्वयनका लागि आफ्नो पार्टीले तीनवटै तहको निर्वाचन घोषणा गर्नुपर्नेमा जोड दिए पनि सरकारले निर्वाचन घोषणा गर्न नसकेको उनको भनाइ थियो । निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा समावेशी रूपमा विकास भएको बताउँदै खनालले निर्वाचनताका गरिएका प्रतिबद्धता पूरा भएको समेत बताए ।  रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ