arrow

कांग्रेस नेता राजभण्डारीले बाढी पीडितका लागि पार्टीलाई बुझाए एक लाख एक हजार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
divyamani-help-flood-victim.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद दिव्यमणी राजभण्डारीले प्राकृतिक विपदमा परेकालाई सहयोग गर्न पार्टीलाई चेक हस्तान्तरण गरेका छन् । 

हालै आएको बाढी पहिरोका पीडितका लागि राहत स्वरुप ५० लाख रुपैयाँ दिने निर्णय गरेसँगै नेता राजभण्डारीले शुरुआतमै एक लाख लाख एक हजार रुपैयाँको चेक पार्टीलाई बुझाएका हुन् । 

कांग्रेस केन्द्रीय सम्पादन समितिको आइतबारको बैठकले विपद्जन्य घटनाका पीडितलाई ५० लाख दिने निर्णय गरेसँगै त्यसमा सघाउ पुग्ने गरी राजभण्डारीले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

पार्टीले ५० लाख सहयोग गर्न सांसदहरुले १५ दिनको तलब उपलब्ध गराउने निर्णयसमेत गरेको छ । सोही क्रममा संस्थागत सहयोग गर्नका लागि राजभण्डारीले पार्टीलाई रकम हस्तान्तरण गरेका हुन् ।

अग्रणी समाजसेवी राजभण्डारीले यसअघि पनि विभिन्न समयमा विभिन्न विपदमा सहयोग गर्दै आएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत पार्टीका अग्रज नेताहरु, सम्बन्धित समिति गठन गरी संस्थागत तरिका र माध्यमबाट उद्दार कार्य गर्न गराउन विनम्र अनुरोधसमेत गरेका छन् । उनले सबै आफ्ना मित्रहरुलाई सहयोग गर्न र रकम जुटाउन अनुरोधसमेत गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ