arrow

म्यानयुको लज्जास्पद हार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
manutd-tottenham-24-9-29.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनह्याम हट्सपरसँग लज्जास्पद हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडमाथि ३–० गोल अन्तरको जित हासिल गरेको हो ।

टोटनह्यामको जितमा ब्रेन्नान जोन्सन, डेजान कुलुसेभेस्की र डोमिनिक सोलान्केले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ४२औं मिनेटमा म्यानयुका ब्रुनो फर्नानडेजले रातो कार्ड पाएका थिए । रातो कार्डसँगै उनले अबका लिगका तीन खेल गुमाउने भएका छन् ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो हार हो । ६ खेलमा ७ अंक बटुलेको म्यानचेस्टर युनाइटेड लिगमा १२औँ स्थानमा छ । त्यसैगरी टोटनह्यामको भने यो जितपछि ६ खेलमा १० अंक भएको छ र लिगमा आठौँ स्थानमा उक्लिएको छ ।
               



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ