arrow

मड्रिड डर्बी बराबरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
athletico-real-24-9-29.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबल अन्तर्गत रियाल मड्रिड एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ ।

गएराति सम्पन्न मड्रिड डर्बीमा रियाल र एथ्लेटिकोसँग १–१ गोलको बराबरीमा रोकिएको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा रियाल मड्रिडका लागि खेलको ६४औँ मिनेटमा इडर मिलिताओले गोल गरेका थिए । त्यस्तै एथ्लेटिको मड्रिडका लागि इन्जुरी समयपछि एंगल कोरियाले गोल गर्दै रियाल मड्रिडको जित खोसेका थिए ।

यस खेलमा ९० मिनेटको इन्जुरी समयपछि एथ्लेटिकोका मार्कोस लियोरेन्टले रातो कार्ड पाएका थिए ।

यो बराबरीपछि रियाल मड्रिडले बार्सिलोनासँगको दूरी घटाउने अवसर गुमाएको छ । यो खेलपछि रियाल मड्रिडको ८ खेलमा १८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना २१ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी एथ्लेटिको मड्रिड १६ अंकसहित तेस्रो स्थानमा छ ।
              



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ