arrow

संन्यास लिए ग्रिजम्यानले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
antonie-greezman.jpg

काठमाडौँ । फ्रान्सका अट्याकिङ मिडफिल्डर एन्टोनि ग्रिजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।

सामाजिक सञ्जालमा सोमबार एक पोष्ट गर्दै ३३ बर्षिय ग्रिजम्यानले संन्यासको घोषणा गरेका हुन् । संन्यास घोषणा गर्दै उनले भनेका छन्, ‘यो सम्झनाले भरिएको हृदयले मेरो जीवनको यो अध्याय बन्द गर्दैछु ।’

हाल स्पेनिश क्लब एथ्लेटिको मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका ग्रिजम्यान २०१४ मा फ्रान्सका लागि डेब्यु गरेका थिए । उनले फ्रान्सका लागि  १३७ खेल खेल्दै ४४ गोल गरेका छन् ।

फ्रान्सको यू(१९ टिम हुदै राष्ट्रिय टिममा खेलेका ग्रीजम्यान फ्रान्सलाई २०१८ को विश्वकप जिताउने टिमका महत्वपूर्ण सदस्य थिए । साथै २०२२ को विश्वकपमा उपविजेता हुदा पनि उनी टिममा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ