arrow

चालीस वर्षे इनेस्टाले लिए खेलाडी जीवनबाट संन्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
inesta-football-spain.jpg

काठमाडौँ । स्पेनका लिजेण्ड फुटबलर आन्द्रे इनेस्टाले फुटबलबाट संन्यास लिएका छन् । ४० वर्षीय इनेस्टाले आफ्नो सन्यासको अक्टोबर ८ मा घोषणा गर्ने बताइएको छ ।

इनेस्टा हाल यूएई लिगको इमिरेट्स क्लबसँग आवद्ध रहेका छन् । इनेस्टाले अब प्रशिक्षण गर्ने बताइएको छ । उनले यसअघि नै बार्सिलोनाको कोचिङमा इच्छा देखाएका थिए ।

बार्सिलोनाका लागि सन् २००० देखि २०१८ सम्म खेलेका इनेस्टाले सिनियर टिमका लागि ६७४ खेल खेल्दै ५७ गोल गरेका छन् ।

बार्सिलोना छोडेपछि उनले जापानी क्लब भिसेल कोबेमा ५ वर्ष खेलेका थिए । इनेस्टाले स्पेनको राष्ट्रिय टिमबाट भने २०१८ मै सन्यास लिएका थिए ।
      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ