- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत इङ्गलिश क्लब आर्सनलले फ्रेन्च क्लब पीएसजीलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले पीएसजीमाथि २–० को सहज जित हासिल गरेको हो ।
आर्सनलको जितमा काइ हार्भट र बुकायो साकाले एक एक गोल गरेका थिए । पहिलो खेलमा बराबरीमा रोकिएको आर्सनलको च्याम्पियन्स लिगको यस सिजनमा यो पहिलो जित हो ।
यो जितपछि आर्सनलको २ खेलमा ४ अंक भएको छ ।
त्यस्तै पहिलो खेल जितेको पीएसजीले भने यस खेलमा लज्जास्पद हार बेहोरेको छ । पीएसजीका प्रशिक्षक लुइस इनरिकले अनुशासन उल्लंघन गरेको भन्दै यस खेलमा आफ्ना प्रमुख खेलाडी ओसमान डेम्बेलेलाई टिम बाहिर राखेका थिए । पीएसजीको यो हारपछि २ खेलमा ३ अंक रहेको छ ।
अब आर्सनलले अक्टोबर २३ मा शख्तर डोनेस्कसँग खेल्ने तालिका छ भने पीएसजीले पीएसभी आइन्डहोभनसँग खेल्ने तालिका रहेको छ ।
गएरातिका अन्य खेलमा बार्सिलोनाले यङ्ग ब्वाइजलाई ५–० ले, बायर लिभरकुजेनले एसी मिलानलाई १–० ले, बोरुसिया डर्टमन्डले सेल्टिकलाई ७–१ ले, इन्टरले एफके कार्भेना जाभेडालाई ४–० ले, म्यानचेस्टर सिटीले स्लोभान ब्राटिसिभालाई ४–० ले हरायो । पीएसभी आइन्डहोभन र स्पोर्टिङ सीपीले १–१ को बराबरी खेलेका छन् ।