arrow

संसदीय प्रक्रियालाई आत्मसात् गर्नुपर्छः प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
dahal-at-chitwan.jpeg
विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षलाई संसदीय प्रक्रियालाई आत्मसात् गरी अगाडि बढ्न आह्वान गरेका छन् । 
 
विराटनगर विमानस्थलमा आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री दाहालले संविधान संशोधनसम्बन्धी विधेयकलाई संसद्ले जति छिटो टुङ्गो लगाइन्छ, त्यति छिटो मुलुकको गतिरोध अन्त्य हुने बताए । 
 
“संविधान संशोधनको प्रस्तावको पक्ष र विपक्षमा संसद्मा छलफल हुन्छ र यसलाई पारित गर्ने वा परास्त गर्ने अधिकार संसद्लाई नै हुन्छ”, प्रधानमन्त्री पुष्पकमल दाहालले भने , “प्रतिपक्षले गैरसंसदीय, गैरलोकतान्त्रिक प्रक्रियालाई बन्द गरी आफ्नो मत संसद्भित्रै राख्नुपर्छ, संशोधन प्रस्तावको मुख्य उद्देश्य हिमाल, पहाड र मधेसलाई जोडेर मुलुकलाई निर्वाचनमा लग्नु हो ।” 
 
संसद्मा दर्ताको भएको संविधान संशोधनको विधेयकमा परिमार्जन हुने सम्बन्धमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री दाहालले भाषासम्बन्धी आयोगमा केही संशोधन हुनसक्ने उल्लेख गरे । उनले स्थानीय तहको निर्वाचन वैशाखमा हुने बताउँदै स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले आउँदो बुधबारसम्ममा सरकारलाई प्रतिवेदन बुझाउने जानकारी गराए  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ