मुस्ताङको दूर्गम गाउँमा भीषण बाढी, ७ घण्टासम्म पनि पुग्न सकेन प्रहरी
प्रकाशित मिति : २०७३ पौष ३ आइतबार
काठमाडौं । मुस्ताङको दूर्गम भेगमा रहेको ढाक्मार भन्ने गाउँमा भीषण पहिरो गएको खबर छ । अहिलेसम्म सदरमुकामबाट भएको टोली पुग्न नसकेकोले पहिरो कत्ति ठूलो हो भन्ने यकीन नभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
विहान नौ बजेतिर पहिरो भएको जानकारी प्राप्त भएको भएपनि प्रहरी अझै घटनास्थलमा पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी इन्सपेक्टर राजकुमार चौधरीले जानकारी दिए । सो ठाउँ सदरमुकामबाट झण्डै १० घण्टाको बाटोमा पर्छ । ‘अहिले बीचबाटो तिर पुगेका होलान्’ उनले भने ‘बाटो धेरै टाढा छ हिँडेर गएका छन्, सम्पर्क पनि भएको छैन ।
पहिरो के भएर गएको हो र यसबाट कति क्षति पुगेको छ भन्ने बारेमा भने अझै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । पहिरोले भौतिक क्षति भएकोभएपनि धेरै मानवीय क्षति नभएको विश्वास प्रहरीको छ ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">