arrow

पशुपतिमा नवरात्री महामहोत्सव सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
pashupatisaa.JPG
तस्बिर – फाइल ।

पोखरा । बडादशैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महामहोत्सव’ शुक्रबारदेखि सुरु भएको छ ।

श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ ।

महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले धार्मिक पर्यटन प्रवर्द्धनका निम्ति महोत्सव उपयोगी हुने बताए ।

उनले धार्मिक सहिष्णुताले राष्ट्रिय एकताको भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

परिषद्का अध्यक्ष रामसोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानको माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमार्फत धर्मशाला निर्माण गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

यसअघि वनकालीलेखि बाग्मतीसम्म कलश यात्र गरिएको थियो ।

उद्घाटनको अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथो भजनकीर्तन गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ