arrow

योग महोत्सव पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
hotel-sang-nepal.jpg

पोखरा । पोखरामा नेपाल योग महोत्सव हुने भएको छ । महोत्सव यही असोज ३० देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । होटल संघ नेपाल र पोखरास्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा ५० विदेशीका एक सय ७० जना सहभागी हुने आँकलन छ ।

महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योग विज्ञ सहभागी हुने र उनीहरुबाट विभिन्न विधामा योगा कक्षा सञ्चालन गरिनेछ ।

महोत्सव अवधिभर विश्वस्तरीय योग प्रस्तुतकर्ता गुरु अन्तरयोगी चैतन्य केन्द्रका प्रकाश थापा ग्रामीनोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वल रत्न बज्राचार्य जस्ता विशेषज्ञबाट योग र ध्यानको कार्यशाला रहनेछन् भने ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछन् ।

महोत्सवमा सहभागी हुन नेपालीलाई दिनको तीन हजार रुपैयाँ र विदेशीलाई छ हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । महोत्सव अवधिभर चार दिन सहभागी हुनेका लागि थप आकर्षक प्याकेजको पनि व्यवस्था गरिएको छ ।

होटल संघ नेपालका महासचिव साजन शाक्यले नेपालमा योगाकै लागि भनेर ठूलो संख्यामा विदेशी पर्यटक आउने गरेको स्मरण गराए । नेपाल चिनाउन र योगाप्रेमीलाई नेपालमा आकर्षित गर्न कार्यक्रम सहयोगी हुने उनले विश्वास व्यक्त गरे ।

पूर्ण योगकी संस्थापक लता तुलाचनले सामाजमा सकारात्मक भावको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।

मानिसको शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको भूमिका हुने भन्दै उनले स्वास्थ्यमा गरिने लगानी सबैभन्दा धेरै हुने स्पष्ट पारिन् । उनले कुल १६ जना प्रशिक्षक कार्यक्रममा भाग लिन आइपुग्ने जानकारी दिइन् ।

संस्थाका अर्का संस्थापक मनोहर श्रेष्ठले नेपालमा योगा सम्बन्धित नीति र कानूनको आवश्यकता औंल्याए ।

पोखरा र समग्र नेपाललाई योगाको गन्तव्य बनाउने उद्देश्य कार्यक्रमले लिएको उनले बताए । नेपालमा योगको विकासको लागि सरकार सहयोगी बन्नुपर्ने भनाई उनले राखे ।

कार्यक्रममा होटल संघ नेपालका केन्द्रीय सदश्य भरतराज पराजुली, संघका गण्डकी प्रदेश अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे र पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ