arrow

मुलुकको समृद्धिमा जलस्रोतको भूमिका महत्वपूर्ण : मन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
padma-gc-minister-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

नवलपुरस्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ साधारणसभामा उपलब्ध जलस्रोतलाई पूर्णरुपमा उपयोग गर्नसके देश विकासमा टेवा पुग्ने बताएकी हुन् ।

उनले भनिन्, ‘नेपाल जलस्रोतको धनी देश, यसको उपयोगिता बृहत् छ, यसलाई पूर्णरुपमा उपयोग गर्नसके सुखी नेपाली समृद्ध देश निर्माणकोे साझा संकल्पलाई थप अघि बढाउन टेवा पुग्नेछ ।’

कावासोती क्षेत्रका जनताले विगतमा भोग्नुपरेको खानेपानीको समस्या स्मरण गर्दै मन्त्री श्रेष्ठले संस्थाकै अग्रसरताको परिणाम स्वरुप अहिले सहज स्थिति आएको बताइन् ।

कावासोती खानेपानी संस्थाले स्थापनाकालदेखि नै आफूलाई अब्बल सावित गर्दै आइरहेको उल्लेख गर्दै उनले यसलाई समयानुसार उपभोक्ताको हकहितमा लाग्न सुझाइन् ।

उनले भनिन्, ‘कावासोती क्षेत्रको विगत स्मरण गर्दा खानेपानीको हाहाकार थियो, घण्टौँ लगाएर कुवा धाएर पानी लिएर आउनुपथ्र्यो, अहिले त्यो अवस्था छैन, घरघरमा धारा जोडिएका छन्, यो संस्थाकै अब्बल कार्यको परिणाम हो ।’

जल नै जीवन भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै यसको सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो । उनले भनिन्, ‘जल केवल पिउनका लागि मात्रै होइन, यसको अपरिहार्यता कृषि, उर्जा लगायतका क्षेत्रमा पनि छन्, जल नै जीवन भएकाले यसको सदुपयोगमा लाग्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ