नुवाकोट। नेपाल ट्रेड युनियन कांग्रेसको श्रमिक कल्याण तथा सामाजिक संरक्षण विभाग र जिल्ला शाखा नुवाकोटको आयोजनामा श्रमिकका वालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
आईतवार विदुर नगर पालिका ५ पिपलटारमा रहेको रक्तकाली प्राथमिक बिद्यालयमा अध्ययरत श्रमिकका २९ जना बालबालिकाहरुलाई नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले न्यानो कपडा बितरण गरेका हुन् ।
बिद्यालयको शिशु कक्षा र कक्षा १ मा अध्ययनरत बिद्यार्थीहरु लाई न्यानो कपडा बितरण गरिएको ट्रेड युनियन काँग्रेस सचिव जनार्दन सिलवालले जानकारी दिए ।