arrow

नौलो घुम्ती नेपालको अध्यक्षमा सुरेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
surendra-thapa-naulo-ghumti.jpg

पोखरा । पोखरास्थित नौलो घुम्ती नेपालको अध्यक्षमा अधिवक्ता सुरेन्द्र थापा मगर चुनिएका छन् । संस्थाको शुक्रबार सम्पन्न २३औँ साधारणसभा तथा १२औँ अधिवेशनले थापामगरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

उनी बद्री विनोद खनाल प्रतीक नेतृत्वको कार्यसमितिमा प्रथम उपाध्यक्षको भूमिकामा काम गरेका थिए ।

संस्थाको प्रथम उपाध्यक्षमा मंगल नेपाली, द्वितीय उपाध्यक्षमा मीनाकुमारी गुरुङ, महासचिवमा कमल अर्याल, सचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कमला रिमाल छन् ।

यसैगरी कार्यसमिति सदस्यमा योगेन्द्र प्रधान, बिनु गुरुङ, राममाया विक, तुमला श्रेष्ठ, इ. शारदामोहन काफ्ले, ढुण्डिराज ज्ञवाली र नारायण पौडेल छन् ।

त्यसअघि साधारणसभा उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले संस्थाले लागुपदार्थसम्बन्धी परामर्श, उपचार तथा पुनस्र्थापनाका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए ।

उनले लागुपदार्थमुक्त समाज निर्माणका लागि अझै बढी प्रभावकारीतामा जोड दिए । पौडेलले गैरसरकारी संस्था विभिन्न तहका सरकारको अभिन्न पाटो भएको हुँदा देशलाई विकृतिमुक्त बनाउँदै समृद्धिको सहकार्यमा थप जोड दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पोखरा–१७ का वडा सदस्य शिवराम भण्डारी, नेपाल रेडक्रस सोसाइटी कास्की उपसभापति उर्मिला खड्का, गैरसरकारी संस्था महासंघ कास्की अध्यक्ष डा. बुद्धिबहादुर थापा, लायन्स क्लब इन्टरनेसनलका पूर्वगभर्नर योगेन्द्र प्रधान, पूर्व अध्यक्षद्वय खड्गबहादुर रानाभाट, पदमबहादुर पहारी, संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ज्ञवाली, सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकाली, पत्रकार दीपेन्द्र श्रेष्ठ, एफएचआई संस्थाका गण्डकी प्रदेश संयोजक सुनील रानाभाट, नौलो घुम्ती नेपालका प्रथम उपाध्यक्ष सुरेन्द्रथापा मगर, द्वितीय उपाध्यक्ष मंगल नेपालीलगायतले बोलेका थिए ।

सभाले महासचिव मीनाकुमारी गुरुङले पेस गरेको संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष महेन्द्र गुरुङले पेस गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

सो अवसरमा संस्थाको सामाजिक परीक्षणसमेत सम्पन्न भयो । संस्थाका अध्यक्ष बद्रीविनोद खनाल प्रतीकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कमलप्रसाद अर्यालले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ