arrow

रातोमाटेबाट करिब नौ किलो सुन बरामद [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
9-kg-gold.jpg

काठमाडौँ । रातोमाटेबाट आठ किलो ८ सय ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विश्वराज खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

विशेष सूचनाका आधारमा शनिवार बिहान पूर्वपश्चिम सडक खण्ड अन्तर्गत पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको ८ किलो २ सय ४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरेको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ । पक्राउ पर्नेहरूमा स्कुटर चालक भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने अन्दाजी वर्ष २५ का अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडि सवार भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने अन्दाजी वर्ष २७ को राहुल भिट्टिहाल रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले सुनसहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ