arrow

प्रिमियर लिगमा शीर्ष तीन क्लबहरु विजयी, सातौँ चरणसम्म टक्करको प्रतिस्पर्धा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
mancity-24-10-6.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरुले सफलता हासिल गरेका छन् । सातौँ चरणको खेलमा शीर्ष क्लबहरु लिभरपुल, म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका हुन् । 

लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० ले हरायो । म्यानचेस्टर सिटीले फुल्हमलाई ३–२ ले हरायो भने आर्सनलले साउथह्याम्पटनलाई ३–१ ले हरायो । 

त्यस्तै ब्रेन्टफोर्डले वुल्भ्सलाई ५–३ ले, लेस्टर सिटीले बर्नमाउथलाई १–० ले हरायो । वेष्टह्याम युनाइटेडले इप्सिविच टाउनलाई ४–१ ले हरायो । एभर्टन र न्यूकासल युनाइटेडले गोलरहित बराबरी खेले । 

आजका खेल
आज बेलुकी ६ः४५ बजे एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडसँग र चेल्सीले नटिंघम फरेस्टसँग खेल्दैछ । 

राति ९ः१५ बजे ब्राइटनले घरेलु मैदानमा टोटनह्याम हट्सपरसँग खेल्नेछ । 

अंक तालिका 
लिभरपुल १८ अंकसहित पहिलो, म्यानचेस्टर सिटी र आर्सनल १७ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेको छ । 

एक खेल कम खेलेको चेल्सी १३ अंकसहित चौथो तथा एस्टन भिल्ला १३ अंकबाटै पाँचौँ स्थानमा छ । 

क्रिस्टल प्यालेस ३ अंकसहित १८ औँ, साउथह्याम्पटन र वुल्भ्स १–१ अंकसहित पुछारमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ