arrow

नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमा चिनाएका हर्जोगका पुत्र र मेयर आचार्यबीच भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
myathius-dhanraj.jpg

पोखरा । अन्नपूर्ण हिमालको कीर्तिमानी आरोहणसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाएका फ्रान्सेली नागरिक मौरिस हर्जोगका पुत्रले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेका छन् ।

हिमाल आरोहणको इतिहास लेखेका हर्जोगका पुत्र म्याथिअस हर्जोगले पोखरा आफूलाई आफ्नै घर जस्तो लाग्ने गरेको अनुभूति सुनाए ।

मौरिस हर्जोगले सन १९५१ मा प्रकाशन गरेको अन्नपूर्ण नामक पुस्तकको नेपाली संस्करण पोखरामा नै लोकार्पण गर्ने सम्बन्धमा छलफलका लागि पोखरा आएका हर्जोक पुत्र म्याथिअसले यसको व्यवस्थापनका लागि सहकार्य गर्न आग्रह गरेका छन् ।

हिमाल आरोहण गरी नेपाललाई विश्व चिनाउने एक कीर्तिमानी व्यक्तित्वको अनुभूति सामान्य नेपाली पाठकले समेत पढ्न पाउने र हिमाललाई माया गर्नेहरूका लागि प्रेरणाको स्रोत र हर्जोगको अमूल्य उपहारका रूपमा आफूहरू उक्त पुस्तकको नेपाली संस्करण ग्रहण गर्न आतुर रहेको नगर प्रमुख आचार्यले बताए ।

आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आरोही हर्जोगले ३१ वर्षको उमेरमा अन्नपूर्ण हिमाल आरोहण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ