arrow

मारवाडी सेवा भोजनालयलाई दुई लाख रुपैयाँ जरिबाना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
marwadi-sewa-bhojanalaya-pokhara.jpg

पोखरा । पोखराको महेन्द्रपुलमा रहेको मारबाडी सेवा भोजनालयलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई लाख रुपैयाँ जरिबाना गराएको छ ।

उपभोक्ताको हितविपरीत कार्य गरेको भन्दै मारबाडीलाई जरिबाना गराएको प्रशासनले जनाएको छ ।

आइतबार जिल्ला प्रशासन कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाईमा भएको लागुऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मारवाडी भोजनालयले उपलब्ध गराएको खाजामा कैफियत भेटिएको थियो ।

‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेकाले भोजनालयलाई सोही ऐनको दफा १ को खण्ड (ख) बमोजिम जरिबाना गराइएको छ’, प्रशासनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ