arrow

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
bulbahadur-bk-baglung.jpg

बागलुङ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई साढे ६ वर्षपछि बागलुङ प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गलकोट नगरपालिका वडा नं १ गौदीका बुलबहादुर विक छन् ।

उनलाई यही असोज १८ गते पक्राउ गरी कैद सजाय भुक्तान गर्नका लागि अदालतमा पेस गरेर अदालतलकै आदेशले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

डीएसपी यादवका अनुसार विकलाई जिल्ला अदालत बागलुङले २०७५ जेठ २१ गते जबरजस्ती करणी मुद्दामा दुई वर्ष चार महिना २८ दिन कैद सजाय हुने फैसला गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ