arrow

डेपोर्टिभोमाथि बार्सा बर्सियो, लेवानडोस्कीको ह्याट्रिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
barcelona-24-10-7.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले डेपोर्टिभो आल्भेजलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । लेवानडोस्कीले खेलको सातौं, २२औं र ३२औं  मिनेटमा गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ९ खेलमा २४ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै आल्भेजको भने ९ खेलमा १० अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।

लिगमा रियाल सोसिडाड र एथलेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका छन् । 

लिगमा ९ खेलमा २१ अंकसहित रियाल मड्रिड दोस्रो स्थानमा रहेको छ भने १७ अंकबाट एथलेटिको मड्रिड तेस्रो स्थानमा छ । 

भिल्लारियल १७ अंकबाटै चौथो स्थानमा रहेको छ । 

      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ