arrow

चेल्सी, म्यानयू र टोटनह्याम खराब दौडमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
chelsea-natingham-24-10-6.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिगमा उपाधिका दावेदार क्लबहरु चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटनह्याम हट्सपर खराब दौडमा गुज्रेका छन् । 

उनीहरु सातौँ चरणको खेल सकिँदासम्म उपाधि दौडबाट लगभग टाढा हुँदै गएका छन् । 

गएरातिको खेलमासमेत तीन ओटै टिम कमजोर टिमहरुसँग पराजित भएका छन् । म्यानयू एस्टन भिल्लासँग गोलरहित बराबरीमा, चेलसी नटिंघम फरेस्टसँग घरेलु मैदानमै १–१ को बराबरीमा र टोटनह्याम ब्राइटनसँग ३–२ ले पराजित भयो । 

लिगमा ७ खेलबाट लिभरपुल १८ अंकसहित शीर्ष तथा म्यानचेस्टर सिटी र आर्सनलको समान १७ अंक हुँदा यसपालि उपाधिका लागि दाबेदारी दिने ठानिँदै आएको चेल्सी १४ अंकसहित चौथो स्थानमा रहेको छ । गएरातिको खेल जितेको भए चेल्सी दोस्रो स्थानमा पुग्ने थियो । 

टोटनह्याम १० अंकसहित नवौँ स्थानमा छ भने म्यानयू ८ अंकसहित १४ औँ स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ