arrow

स्थानीयहरूलाई जलविद्युतमा शेयर लगानी गर्ने वातावरण बनाउँछौँ- ऊर्जामन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
deepak-khadka-06-21.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरूलाई पनि जलविद्युत आयोजनाहरूमा शेयर दिने गरी छलफल अघि बढाएको बताएका छन् । सोमबार पत्रकारहरूसँगको छलफलमा ऊर्जा मन्त्री खड्काले कुनै पनि जलविद्युत आयोजना बनाउँदै गर्दा प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेको तर पैसा नहुने वर्ग शेयर लगानी गर्नबाट वञ्चित हुने भएकाले उनीहरूले पनि १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्थाको लागि सरकारले काम गरिरहेको बताए । 

उनले कुनै आयोजनाहरू विकास हुँदै गर्दा स्थानीयहरूले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेको बताए । उनले १० प्रतिशत शेयर लगानी गर्न पाउने तर पैसा हुनेले लगानी गर्न पैसा नहुनेले लगानी गर्न नसक्ने अवस्था भएको भन्दै पैसा नहुनेले शेयर कसरी प्राप्त गर्छन् भन्ने कुराको छलफल र खोजी भइरहेको बताए । 

उनले तल्लो वर्गलाई समृद्धि बनाउने सरकारको लक्ष्यअनुरूप तल्लो वर्ग समृद्ध नभई मुलुक समृद्ध हुन नसक्ने बताए । उनले  केही मुठीभर मान्छेहरू समृद्ध बनेर नेपाल समृद्ध बन्न नसक्ने दाबी गर्नुभयो । उनले तल्लो वर्गले पनि जलविद्युत आयोजनामा १० प्रतिशत शेयर प्राप्ति गर्ने गरी समावेश गर्ने  छलफल अघि बढाएको बताए । उनले नेपालको पानी जनताको लगानी भन्ने अघिल्ला सरकारले गरेका निर्णयलाई फाउन्डेसनको रूपमा लिएको बताए । उनले सकारात्मक कुरालाई समावेश गरेर जाने बताए ।

उनले भने,‘नेपालको पानी जनताको लगानी भन्ने अघिल्ला सरकारले निर्णयहरू गरेको छन् । त्यो निर्णयलाई फाउन्डेसनको रूपमा लिएको छु । सकारात्मक कुरालाई समावेश गरेर जानुपर्छ भन्ने लाग्छ । कुनै आयोजनाहरू विकास हुँदै गर्दा स्थानीयहरूले १० प्रतिशत शेयर लगानी गर्न पाउने भन्ने छ । १० प्रतिशत शेयर लगानी गर्न पाउने तर पैसा हुनेले हाल्न पाउने पैसा नहुनेले लगानी गर्न सक्ने भयो । पैसा नहुनेले शेयर कसरी प्राप्त गर्छन् भन्ने कुराको छलफल र खोजी भइरहेको छ । तल्लो वर्गलाई समृद्धि बनाउने भन्दै गर्दा तल्लो वर्ग समृद्ध नभई मुलुक समृद्ध हुन सक्दैन । केही मुठीभर मान्छेहरू समृद्ध बनेर नेपाल समृद्ध बन्न सक्दैन । तल्लो वर्गले प्राप्ति गर्ने गरी समावेश गर्ने गरी छलफल अघि बढाएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ