arrow

सुनजस्तै महंगो हुँदै नुन, एक किलो नुनको मूल्य १८०

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
aayo-noon.jpeg
सोलुखुम्बु । धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छभन्दा । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको रु १८० नै तिर्छन् । 
 
यस्तै उनीहरु प्रायः सामान्य किसिमको मन्सुली चामल प्रयोग गर्छन्, त्यसको मूल्य रु २४० देखि २५० सम्म पर्छ । फोर्चेका आङ छिरिङ शेर्पा भन्छन्, हाम्रो बाध्यता नै हो, काठमाडौँभन्दा १० गुणा बढी मूल्य तिर्नुपर्छ ।
 
 सदरमुकाम सल्लेरीसम्म ट्रकमा ल्याएको सामान त्यहाँबाट हेलिकोप्टरमा स्याङबोचे र त्यहाँबाट जोक्पेलाई बोकाएर फोर्चे पु¥याइन्छ । 
 
अथवा सल्लेरीबाट खच्चरले पनि स्याङबोचेसम्म पु¥याउँछन् । फोर्चेका अधिकांश घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन् । 
 
आलु र फापर मात्र उत्पादन हुने सो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन् । 
 
पाँचपटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएका फोर्चेका पासाङनुरु शेर्पाका अनुसार प्राय सबै घरबाट भारी बोक्न हिमालतिर जान्छन् । सोलुखुम्बुको खुम्जुङ–९ फोर्चे गाउँलाई हिमालको काख भनेर चिनिन्छ । 
 
यस गाउँमा ८५ परिवारको बसोबास छ । हेर्दा निकै सुन्दर देखिने यो गाउँभित्रको पीडा डरलाग्दो छ । आलु र फापर मात्र उत्पादन हुने यो गाउँमा पढेलेखेका कमै मात्र छन् । 
 
सक्ने हिमाल चढ्नेलाई सहयोग गर्दै शिखरसम्म पुग्छन् भने कोही पथप्रदर्शक भएर, कोही खाना पकाउने काम त कोही भारी बोक्ने काम लिएर हिमालको आधार शिविरसम्म पुग्ने गर्छन् ।
 
महँगीको मार खेपिरहेका उनीहरू वर्षमा एक पटक हिमाल चढेर पाएको करिब रु तीन लाखले परिवार चलाउन बाध्य छन् ।
 
हिमालको शिखर पुग्नेले त्यति कमाए पनि आधार शिविरबाट फर्कनेको कमाइ भने निकै कम हुन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ