arrow

चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि........

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
shiva-linga.jpeg
बेनी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् । 
मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायतका हिन्दू र्धमशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताए । 
 
“मन्दिर परिसरमा रहेको विशाल चट्टानमा दैवी शक्तिमा प्रतीक देखिन थालेका छन् । सबैको आकार धर्मशास्त्रमा नामाकारण गरेजस्तै छन्” उनले भने । 
 
केसीका अनुसार सबैभन्दा बढी शिवलिङ्ग र सालग्राम भए पनि अन्यको सङ्ख्यासमेत बढ्दै जान थालेको छ । क्षेत्र विकास कोषले संरक्षणका लागि रङ लगाउनुका साथै आसपासका क्षेत्रमा खोजीकार्य समेत सुरु गरेको छ । 
 
मन्दिरमा पूजाआजा गर्न जाने भक्तजनले त्यहाँ समेत गएर पूजा गर्न थालेका छन् । मन्दिरका पुजारीका अनुसार आकार दिनप्रति दिन बढ्दै जान थालेपछि अवलोकन गर्न आउने समेत अचम्मित हुने गरेका छन् । त्यसक्षेत्रमा करिब ३० भन्दा बढी यस्ता चक्र रहेको अनुमान गरिएको छ । 
 
विश्वमै सबैभन्दा ठूलो चट्टानको दाबी गरिएको गलेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल समेत भइरहेको छ । 
 
गलेश्वर क्षेत्रको विकासका लागि राज्य, स्थानीयका साथै प्रवासमा रहेका नेपालीले समेत सहयोग गर्दै आइरहेका छन् । रासस..



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ