arrow

मरुभूमिमा पाइने उँट अचानक सिन्धुलीमा भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
camel-in-sindhuli-81-6-22.jpg

सिन्धुली । मरुभूमिमा पाइने जनावर उँट सिन्धुलीमा फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको हो ।

मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् । उँट कहाँबाट आयो भन्नेबारे स्पष्ट भएको छैन ।

उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट चढ्ने प्रयोजनको लागि मेला महोत्सवमा लगिने गरिन्थ्यो । त्यही क्रममा फुत्किएर आएको हुनसक्ने शंका गरिएको छ । 

तर अहिलेसम्म यस उँटलाई कसैले पनि दाबी गर्न नआएको वन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ