arrow

हिमाल आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
dhaulagiri-hills-altitudehimalaya.jpg
फाइल तस्बिर

म्याग्दी । धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरुको शव मंगलबार भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको छ । 

आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । आरोहण समूहका एक जनालाई उद्धार गरी काठमाडौँ पठाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ