arrow

सभामुख तीन दलका शिर्ष नेतासँग छलफलमा, प्रतिपक्षको संसद अवरोध निश्चित

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
parliament.jpeg
काठमाडौं। ब्यवस्थापिका संसदको बैठक सोमबार दिउँसो १ बजेकालागि डाकिएको छ। संविधान संशोधन बिधेयक आज संसदको कार्य सुचीमा राखिने भएको छ। 
 
सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका नेताहरुसँग छलफल गरेर संसदको गतिरोध हटाउने प्रयास हुने बुझिएको छ। 
 
प्रमुख प्रतिपक्ष नेकपा एमाले सहित संविधान संशोधनको बिपक्षमा रहेका दलहरुले संसद अवरोध जारी राख्ने रणनीति लिएको बुझिएको छ। सभामुखसँग तीन दलको बैठक पछि सहमति भएको खण्डमा नयाँ सिराबाट राजनीति अघि बढ्ने छ। एमालेले बिरोध र बिरोध सभाको निर्णय गरिसकेकोले आजको संसद पनि अवरोधमै सकिने अनुमान गरिएको छ। 
 
नेकपा एमालेको संसदीय कार्यलयमा बसेको बैठकले संसद अवरोध जारी राख्ने र पुस १७ गते काठमाडौं खुलामञ्चमा बिरोध सभा गर्ने निर्णय गरेको छ। बिपक्षी आठ दल सहितको यो संयुक्त निरणय गरिएको एमालेले जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ