arrow

धान खेत बालुवाले भरिँदा किसान मर्कामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
dhaan-diwas.JPG

राजविराज (सप्तरी) । पाक्न लागेको धान बाढीले ध्वस्त ग¥यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ । 

सप्तरी कञ्चनरुप नगरपालिका–११ का पूर्ववडासदस्य कैलु चौधरीले पाक्न लागेको धानबालीमा बाढीले क्षति गरेपछि दसैँको मुखमा किसानको चिन्ता थपिएको छ । उनले स्थानीय राय खोलाले बेङ्गरि क्षेत्रमा रहेका धानखेतीमा ठूलो क्षति गरेको बताए । 

“राय खोलाको बाँध भत्किँदा ६० भन्दा बढी किसानको खेतीयोग्य जग्गामा बालुवा भरिएको छ”, उनले भने, “जसका कारण उनीहरू ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ ।”

उनका अनुसार यहाँका किसानले यो समस्या तीन वर्षदेखि झेल्दै आएका छन् । यसबारे पटक पटक नगरपालिका र सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उनको भनाइ छ । 

स्थानीय गोसाइ चौधरीले आफ्नो १२ कठ्ठा जग्गा बालुवाले पुरिएको बताए । “पाँचदेखि छ मनसम्मको उत्पादन हुने खेत बगरमा जस्तै भएको छ । अहिले हामीले खेती गर्न सक्ने अवस्था छैन ।” 

यहाँका स्थानीयको आयको प्रमुख स्रोत खेती नै हो । स्थानीय सरकारले यस विषयमा उचित पहल नगरेको कारण किसान निराश बनेको स्थानीय समाजसेवी भोला पासवानले बताए । यस क्षेत्रमा समयमै समस्याको समाधान गर्न नसकिएकाले कृषि क्षेत्रको उत्पादनमा असर परेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ