arrow

उत्कृष्ट खेलाडी सम्मानर्थ १ लाखको अक्षयकोष स्थापना

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष ४ सोमबार
Pachthar.jpeg.jpeg
पाँचथर । फिदिमका युवा व्यवसायी आनन्द खत्रीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । गतवर्ष सवारी दुर्घटनामा परी ज्यान गुमाएका खत्रीको स्मृतिमा पाँचथर सेवा समाज र आनन्दका पिता समाजसेवी मेदनीप्रसाद खत्रीले अक्षयकोष स्थापना गरेका छन् ।
 
आनन्दको प्रथम वार्षिकीमा  १ लाख रुपैँया रकम रहेको अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषमा पाँचथर सेवा समाजले ५० हजार रुपैँया र आनन्दका पिता मेदनीले ५० हजार रुपैँया जम्मा गरेका हुन् ।
 
अक्षयकोषबाट फिदिम स्पोर्टिङ क्लबले सञ्चालन गर्दै आएको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताका एक उत्कृष्ट खेलाडीलाई प्रत्येक बर्ष पुरस्कृत गरिने पाँचथर सेवा समाजका अध्यक्ष शहरसिंह तामाङले जानकारी दिए ।
 
विगतमा प्रवासमा रहँदा पाँचथर सेवा समाज शाखा युएइका सदस्य रहेका आनन्दको स्मृतिमा फाल्गुनन्द गोल्डकपका उत्कृष्ट खेलाडीलाई प्रोत्साहन स्वरुप अक्षयकोषको व्याजबाट पुरस्कार वितरण गरिने अध्यक्ष तामाङले वताए । पुरस्कार वितरण आठौँ फाल्गुनन्द गोल्डकपबाटै सुरु गरिने समाजका भाष्कर रिजालले उल्लेख गरे।
 
आनन्दको वार्षिकीको कार्यक्रममा अक्षयकोषको घोषणा गरिएको हो । आनन्दको गत बर्ष इलाममा एम्बुलेन्स दुर्घटनामा ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ