arrow

खसीबोकाको बिक्री अपेक्षित भएन, मारमा किसान [३२ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
bheda-changra-boka-81-6-24-.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोकाको बिक्री अपेक्षित नभएको पाइएको छ । बिक्री उल्लेख्य नभएपछि किसान एवं साना व्यापारीहरुले आफूहरु पीडित भएको बताएका छन् । 

काठमाडौँ उपत्यकाका सडकमा थोरै स्थान पाउन बित्तिकैसमेत खसीबोका बिक्री गर्न राखिएका देखिन्छन् । त्यतिमात्र होइन ठूलोमात्रामा खाली चौर वा डाँडातिर पनि बिक्रीका लागि राखिएका छन् । यद्यपि बिक्री भने कम भएको छ । 

खोटाङका रामप्रसाद बस्नेतले ठूलो रकम खर्च गरेर खसीबोका काठमाडौँमा ल्याएको तर सोचेअनुसारको बिक्री नभएपछि मारमा परेको बताएका हुन् । 

उनले खर्चले नधान्ने भएपछि कृषक र आफूजस्ता साना ब्यापारी मर्ने अवस्था आएकोसमेत दुःखेसो पोखेका छन् । 

उनले सोचेअनुसार ब्यापार नभएपछि यसपालिको दशैँ खल्लो भएकोसमेत बताएका छन् । 

त्यस्तै दार्चुलाबाट भेँडा लिएर आएका रमेश सार्कीले पनि भेँडाको ब्यापार सोचेअनुसार नभएको बताएका छन् । उनले भेँडा काठमाडौँसम्म लाउन वर्षा र बाटोले गर्दा एकदम गाह्रो भएको तर बिक्री कम हुँदा भने घाटामा गएको बताएका छन् । 

उनले भेँडा ल्याउँदा धेरै रकम खर्च भएको तर काठमाडौँमा मूल्य पाउन नसकेको गुनासो गरे । सुकेधारा र धुम्बाराहीका डाँडाभरी यतिबेला खसीबोका, भेँडाहरु पाइन्छन् । च्याङ्ग्रा पनि देखिन्छन् । तर बिक्री कम भएको छ । 

बिक्री हुँदै नभएको भने होइन । तर व्यापारीले सोचेअनुसारको बिक्री नहुँदा र यथोचित मूल्य नपाउँदा भने उनीहरु निराश देखिएका हुन् । 

दशैँका बेलामा झण्डै ५४ हजार खसीबोका, च्याङ्ग्रा र भेँडा बिक्री हुने अनुमान रहँदै आएको छ । 

खाद्य संस्थानको कार्यालयले पनि गत आइतबारबाट बुधबारसम्म गरी चार दिन थापाथलीबाट खसीबोका र च्याङ्ग्रा बिक्री गरेको थियो । 
 

khasibokabherachangra-81-dasahian (1).jpg
khasibokabherachangra-81-dasahian (2).jpg
khasibokabherachangra-81-dasahian (3).jpg
khasibokabherachangra-81-dasahian (4).jpg
khasibokabherachangra-81-dasahian (5).jpg
khasibokabherachangra-81-dasahian (6).jpg
khasibokabherachangra-81-dasahian (7).jpg
khasibokabherachangra-81-dasahian (8).jpg
khasibokabherachangra-81-dasahian (9).jpg
khasibokabherachangra-81-dasahian (10).jpg
khasibokabherachangra-81-dasahian (11).jpg
khasibokabherachangra-81-dasahian (12).jpg
khasibokabherachangra-81-dasahian (13).jpg
khasibokabherachangra-81-dasahian (14).jpg
khasibokabherachangra-81-dasahian (15).jpg
khasibokabherachangra-81-dasahian (16).jpg
khasibokabherachangra-81-dasahian (17).jpg
khasibokabherachangra-81-dasahian (18).jpg
khasibokabherachangra-81-dasahian (19).jpg
khasibokabherachangra-81-dasahian (20).jpg
khasibokabherachangra-81-dasahian (21).jpg
khasibokabherachangra-81-dasahian (22).jpg
khasibokabherachangra-81-dasahian (23).jpg
khasibokabherachangra-81-dasahian (24).jpg
khasibokabherachangra-81-dasahian (25).jpg
khasibokabherachangra-81-dasahian (26).jpg
khasibokabherachangra-81-dasahian (27).jpg
khasibokabherachangra-81-dasahian (28).jpg
khasibokabherachangra-81-dasahian (29).jpg
khasibokabherachangra-81-dasahian (30).jpg
khasibokabherachangra-81-dasahian (31).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ