रुकुम । रुकुमको चार गाविसका एक सय तीन जना बालबालिकाहरुलाई न्यानो कपडा र खाद्यन्न सामाग्री वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर,संरक्षणको अभाव,अपाङता जस्ता कारणले अति जोखिममा रहेका बालबालिकालाई सो सामाग्री वितरण गरिएको हो ।
जिल्लाका नुवाकोट,खोलागाउँ सिम्ली र गरायला गाविसका यस्ता अति जोखिममा रहेका बालबालिकाहरुलाई तत्काल उद्धार र सहयोग गर्न सेभ द चिल्ड्रेन र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकिकृत परियोजना अन्तर्गत बाल संरक्षण कार्यक्रमबाट न्यानो कपडा ज्याकेट,पैइन्ट सर्ट र खाद्यन्न तर्फ चामल,नुन,तेल,दाल लगायतका सामाग्रीहरु वितरण गरिएको एकिकृत परियोजनाका बाल संरक्षण कार्यक्रम संयोजक कुवेर केसीले बताए ।
नुवाकोट २४ जना खोलागाउँका २३ सिम्लीका २४ र गरायला गाविसका ३० जना गरी एक सय तिन जना बालबालिकाहरुले यि सामाग्री पाएका छन । सम्बन्धित गाविसका गाउँ बाल संक्षण समितीहरुले यस्ता अति जोखिममा रहेको बालबालिकाहरुको तथ्याक संकल गरेर सहयोग गर्न सिफारिस गरेर पठाएकाले उनीहरुलाई तत्काल उद्धारमा सहयोग गर्ने उद्धेश्यले परियोजनाले सहयोग सामाग्री वितरण गरिएको बाल संरक्षण कार्यक्रम संयोजक केसीको भनाई रहेको छ ।
यस्ता अति जोखिममा रहेका बालबालिकाहरुलाई यस भन्दा पहिले पनि १ सय ८४ जना बालबालिकाहरुलाई पनि शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको छ । विभिन्न विद्यालयमा अध्यनरत अति जोखिमका बालबालिकाहरुलाई शिक्षाको गुणस्तरमा सुधार ल्याउन पोषाक कपी कलम जस्ता सामाग्री दिएको एकिकृत परियोजनाका शिक्षा कार्यक्रम संयोजक केशव विसीले बताए ।
एकिकृत परियोजना सञ्चालन भएको गाविसका अति जोखिमका बालबालिकाहरुलाई यस्ता सहयोग सामाग्रीले ठुलो मदत तथा सहयोग पुगेको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीको भनाई रहेको छ ।