arrow

राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
rajdevi-mahottari.jpg

धनुषाधाम । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ । 

मन्दिरमा महाष्टमी तिथिअनुसार बिहिवार साँझ ८:३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा  बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ । 

रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । 

गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ