arrow

महाअष्टमी र महानवमी एकैदिन परेसँगै दे‍शैभरका शक्तिपीठहरुमा दर्शनार्थीको भीड [२७ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
badadashian-mela-puja-81.jpg

काठमाडौँ । शनिबार बडादशैँको मुख्य दिन । गत असोज १७ गते घटस्थापना गरिएसँगै शुरु भएको नवदुर्गाको पूजा शुक्रबार विशेष दिन परेको छ । शुक्रबार महाअष्टमी र महानवमी एकै दिन परेकाले पनि नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । 

देशभरका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड रहेको छ । बलि दिनेहरुका लागि पनि एक दिनमात्र रहेकाले भीड बढेको छ । 

महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्भागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । 

सात्विक अर्थात् पशुबलि नदिने र शाकाहारीहरुले महानवमीका दिनमा कुभिन्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने चलन रहेको छ। 

कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । 

शुक्रबारै आफूले चढ्ने सवारी साधनकोसमेत पूजा गरिन्छ । विशेषगरी बडादशैँको नवमीमा सवारीसधानको पूजा गर्ने चलन छ ।

 

mahaastami-mahanabami-81-6-25 (1).jpeg
mahaastami-mahanabami-81-6-25 (1).jpg
mahaastami-mahanabami-81-6-25 (2).jpeg
mahaastami-mahanabami-81-6-25 (2).jpg
mahaastami-mahanabami-81-6-25 (3).jpg
mahaastami-mahanabami-81-6-25 (4).jpg
mahaastami-mahanabami-81-6-25 (5).jpg
mahaastami-mahanabami-81-6-25 (6).jpg
mahaastami-mahanabami-81-6-25 (7).JPG
mahaastami-mahanabami-81-6-25 (8).jpg
mahaastami-mahanabami-81-6-25 (9).jpg
mahaastami-mahanabami-81-6-25 (10).jpg
mahaastami-mahanabami-81-6-25 (11).jpg
mahaastami-mahanabami-81-6-25 (12).jpg
mahaastami-mahanabami-81-6-25 (13).jpg
mahaastami-mahanabami-81-6-25 (14).jpg
mahaastami-mahanabami-81-6-25 (16).jpg
mahaastami-mahanabami-81-6-25 (17).jpg
mahaastami-mahanabami-81-6-25 (18).jpg
mahaastami-mahanabami-81-6-25 (19).jpg
mahaastami-mahanabami-81-6-25 (21).jpg
mahaastami-mahanabami-81-6-25 (22).jpg
mahaastami-mahanabami-81-6-25 (23).jpg
mahaastami-mahanabami-81-6-25 (24).jpg
mahaastami-mahanabami-81-6-25 (25).jpg
mahaastami-mahanabami-81-6-25 (26).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ